Logo
Logo

विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसी उपहार



काठमाडौं । विराटनगरका यसोदा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२औं वैवाहिक वर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।

वैवाहिक वर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले श्रीमती यसोदा पोखरेल भट्टराईलाई रु ३० लाख बिमंक रकमको सो जीवन बीमा योजना प्रदान गरेका छन् । जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डेलगायतको उपस्थिति रहेको थियो । श्रीमती यसोदा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजरसमेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्