Logo
Logo

अभिनेत्री सिर्जनाको ‘प्रेग्नेन्सी’ तस्बिर ! (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कातिक । चर्चित रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बा चाँडै आमा बन्दैछिन् । फिल्मकर्मी पदम सुब्बासँग विवाह गरेपछि पहिलो सन्तानकी आमा बन्न लागेकी सिर्जनाले बिहीबार सबेरै आफ्नो ‘प्रेग्नेन्सी’ तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि ‘बधाई’ त खाइन् नै, उनी मिडियामा समेत छाइन् ।


सिर्जनाको प्रेग्नेन्सी तस्बिरलाई लिएर शोसल मिडियामा एक किसिमको बहससमेत सुरु भएको छ । सिर्जनाले आफ्नो प्रेग्नेन्सी तस्बिर सार्वजनिक गरेर ‘नेपाली समाजमा रहेको संकीर्ण सोच’लाई चुनौती दिएको टिप्पणी हुन थालेको छ । हलिउड र बलिउडमा यस्तो चलन पुरानै भएपनि नेपाली कलाकार र समाजका लागि भने सिर्जना उदाहरण बनेकी छन् किनकि, अधिकांश नेपाली कलाकार प्रेम र विवाह सम्बन्धलाई गुपचुपमै राख्न चाहन्छन् नेपाली कलाकारहरुमा आफ्नो वैवाहिक सम्बन्ध बाहिर ल्याइएमा ‘करिअरमै धक्का पर्छ’ भन्ने एक किसिमको मानसिकता छ । त्यही मानसिकतालाई चिर्ने प्रयास गरेपछि सिर्जना चर्चामा आएकी हुन् ।


सिर्जना आमा बन्न केही दिनमात्रै बाँकी छ । पहिलो सन्तानको प्रतीक्षामा घरमै आराम गरिरहेकी सिर्जनाले प्रकृतिसँग आफूलाई समायोजन गरेर फोटोसुट गरेकी हुन् । प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै प्रकृतिसँग आफूलाई समायोजन गरेर विभिन्न पोजमा तस्बिर खिचिएको बताएकी छन् ।


तेह्रथुमे ढाका बुटिक ललितपुरले तयार पारेको पहिरनमा सिर्जना निकै खुलेकी छन् । सिर्जनाको प्रेग्नेन्सी पोजलाई क्यामेरा पर्सन अभिनास मास्के र क्लु जैनले तस्बिरमा उचारेका हुन् । स्मणीय के भने, सिर्जना फिल्म क्षेत्रमा भन्दा नाट्य क्षेत्रमा चर्चित छिन् । उनी मण्डला थिएटर नेपालसँग आवद्ध छिन् ।

प्रतिक्रिया दिनुहोस्