Logo
Logo

माछापुच्छरेको सञ्चालकमा सिग्देल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडको २०७६ कात्तिक ८ मा बसेको संचालक समितिको ४०८औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त सञ्चालकमा हरिभक्त सिग्देललाई आगामी वार्षिक साधारणसभासम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त सञ्चालक सिग्देलको सरकारी र प्राइभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छरे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४१ वटा शाखा, १३१ शाखारहित बैंकिङ सेवा, १ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरुमार्फत ग्राहक वर्गमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्