Logo
Logo

‘दुईवटा मुटु एउटै भएको रात’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कात्तिक । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ । भिडियो गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा ‘दुईवटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियोमा गायक स्वयंको संगीत छ रहेको छ । गीतकार तथा छायाँकार राज बान्तावाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय गरेका छन् । भिडियोको सम्पादन शिरकुमार साम्पाङले गरेका छन् । भिडियोमा सुनसरी जिल्लाको धरान सेरोफेरोका सुन्दर दृश्य समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्