Logo
Logo

लोकेन साँवा निर्देशित चलचित्र ‘सुगत्’को सम्पादन सुरु



काठमाडौं । लिम्बू कथानक चलचित्र ‘सुगुत’को सम्पादन कार्य सुरु भएको छ । छायाँकन सम्पन्न भएसँगै सम्पादन सुरु गरिएको चलचित्रका निर्देशक लोकेन साँवा लिम्बूले बताए ।

यो चलचित्रलाई पाँचथर, ताप्लेजुङ र भारतको आसामलगायत विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।
चोकफुङ इन्टरटेन्मेन्ट प्रालि. र खापुङ फिल्म्स प्रालिको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा सैलेन्द्रकुमार नाल्बो र रबिनकुमार नाल्बोको निर्माण रहेको छ ।

निर्देशक लोकेन साँवाका अनुसार ‘सुगुत्’ नारीप्रधान चलचित्र हो । यस चलचित्रमा मौसम इम्बुङ, बबिता नेयोङ, प्रेम सुब्बा, यासेली योङहाङ, सागर केरुङ, गायक रुकमान लिम्बू, सुम्निमा खापुङ, योमन सोदेम्बा, कुमारी मेन्याङ्बो, नीता लिम्बू, तिर्थ मादेम्बा, उदय बेघा, मनकुमार योङहाङ, सैलेन्द्र नाल्बो, रबिन नाल्बो, लीला सेत्लिङ, इन्द्र पधाक, दिनेश केरुङ, आशिश लिम्बू, इन्द सेर्पालगायतका कलाकारको अभिनय रहेको छ ।

अशोक लोहोरुङको संगीत रहेको यस चलचित्रमा यासेली योङहाङ, जानु काम्बाङ, रिता फोम्बो ‘ठुली’ र सागर केरुङको गीत रहेको छ भने उक्त गीतमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बू र रुकमान लिम्बूले स्वर दिएका छन् ।

चलचित्रमा देबेन्द्र खापुङको पटकथा, युवराज राईको छायाँकन र किशोर सम्बाहाम्फेको द्वन्द्व निर्देशन रहेको छ । यस चलचित्रलाई ागामी सिसेक्पा तङ्नाम अर्थात साउने सक्रान्तिसम्ममा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक लोकेन साँवाले बताए ।

प्रतिक्रिया दिनुहोस्