Logo
Logo

लकान्द्रीले ल्याए ‘नजिकै बसौँ’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ कातिक । युवागायक प्रदिप लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत ‘नजिकै बसौँड सार्वजनिक गरेका छन् । भोजपुरमा जन्मिएका यी नवगायक लकान्द्रीले केही समय यतथा काठमाडौंमा संगीतमा भविष्य खोज्दै अघि बढिरहेका छन् ।
औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि ‘आफ्नै घरदेशमा’ (स्टुडियो भर्सन) र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा स्वर दिइसकेका छन् ।
संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको ‘नजिकै बसौँ’ पहिलो अपिÞmसिएल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मीना निरौलाको युगल गायन रहेको छ । यस गीतका शब्द सानु कोबिदले लेखेका हुन् भने संगीत सुरेन्द्रकुमार साहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।
गोदावरीको रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन् । बिकाश ज्ञवालीको सम्पादन रहेको भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्