Logo
Logo

नागरिक लगानी कोषको ३३औँ वार्षिकोत्सव : ‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’



काठमाडौँ । अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन् । कोषको ३३औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादु थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा–सुविधा परिमार्जन हुँदै आएको बताए ।

त्यसैगरी शुभकामना सन्देश दिँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकामा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको जानकारी दिए । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाउँदै आएको उनको भनाइ थियो ।

कोषमा सहभागी हुने सम्भावना भएका संघसंस्थाहरुलाई आबद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिसकिएको जानकारी उनले दिए ।

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपिएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइसकिएको छ ।’

कार्यक्रममा नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देवनारायण गुरागाईँले कोषले गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । वार्षिकोत्सव कार्यक्रममा २० वर्षे सेवाअवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्