Logo
Logo

प्रहरीका दुई इन्सपेक्टरको काज सरुवा



काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ । प्रहरी हेडक्वार्टरले सोमबार इन्सपेक्टरद्धय माधव केसी र किरण राउतको काज सरुवा गरेको हो ।

अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ । त्यहाँ रहेका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्