Logo
Logo

११ माघमा आउँदै ‘बैना’




काठमाडौं, ३० पुस । नेपाली फिल्म ‘बैना’ यही ११ माघबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण टिमले राजधानीमा पत्रकार भेटघाट गरी प्रदर्शन मिति जनाएको हो ।
लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित उक्त फिल्ममा सुबाष मेचे, रञ्जिता लिम्बु, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानि लिम्बु, सन्तु मगरलगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्ममा बिकाश चौधरीको संगीत, राजु किरातीको द्धन्द, कमल राईको नृत्य रहेको छ । कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइन्छ ।
दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका दमक, धनकुटा, ईलामलगायतका स्थानमा छायांकन गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्र ‘बैना’लाई हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्