Logo
Logo

खुशीले जितिन् ‘बेस्ट सिंगर जुरी अवार्ड’



काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड–२०७९’मा गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् ।

केही दिनअघि काठमाडौंमा सम्पन्न कार्यक्रममा ‘कति मिठो’ बोलको गीतबाट खुशीले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जित्न सफल भएकी हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँतीले अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा गीतसंगीतका विभिन्न तीन दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो । जसअन्तर्गत ‘ज्यालाको पर्दा’ बोलको गीतबाट गोविन्द लिम्बुले ‘बेस्ट न्यू सिंगर’ र ‘नढाँटन है’ गीतबाट दिपक लिम्बुले ‘बेस्ट सिंगर’को अवार्ड पाएका छन् ।

कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गीतकार तथा बरिष्ठ चिकित्सक डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारी ‘स्रष्टा सम्मान’, अभिनेता शिव श्रेष्ठ ‘कलाकारिता सम्मान’, तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित केडिया, भक्त हमाल, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे र रविन श्रेष्ठ ‘व्यावसायिक सम्मान’ तथा म्युजिक नेपाललाई ‘उत्कृष्ट म्युजिक कम्पनी’को सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्