Logo
Logo

गीतकार जानु काम्बाङको ‘यस्तो एउटा संसार’ (भिडियो)



काठमाडौं । गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ ।

साउथ इष्ट लन्डनस्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गंगाराज राईको संगीत र सुनिता थेगिमको स्वर रहेको छ । गीतमा गंगारामको पनि स्वर रहेको छ ।

उदयराज पौडेलले एरेन्ज गरेको म्युजिक भिडियोमा रोजिना ढकाल र ध्रुव दत्तले अभिनय गरेका छन् । भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोको निर्मात्री सुमन पुन हुन् भने निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्