Logo
Logo

युवा विद्यार्थीद्वारा भारतविरुद्ध प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


धनगढी, २१ कात्तिक । नेपाल र नेपालीमाथि हेपाहा प्रवृत्ति देखाउँदै आएको भारतीय पक्षले फेरि नेपालको दार्चुलामा गर्न खोजेको अतिक्रमणको विरुद्धमा सरकार समर्थित युवाहरुले बुधबार धनगढीमा प्रर्दशन गरेका छन् ।

एलएन चौकबाट शुरु भएको ¥याली ट्राफिक चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई युवासंघका केन्द्रीय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष तथा मेन्द्रिय सदस्य चुडामणि भट्टलगायतकाले नेपाली भूमि तत्काल फिर्ता गर्नुपर्ने, नत्र युवा विद्यार्थीहरुले कडा संघर्षका कार्यक्रमहरु थालनी गर्ने चेतावनी दिएका छन् ।

विद्यार्थीहरुले भारतीय हस्तक्षेप मुर्दावाद, भारतीय प्रधानमन्त्री मोदी ब्याकआउट, नेपाली भूमि मिच्न पाइँदैनजस्ता नाराहरु लगाएका थिए । कोणसभामा युवाहरुले भारत सरकारले भर्खरै प्रकाशित गरेको भनिएको नक्सा र त्यसमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्र महाकालीको उद्गम क्षेत्रमा ३७० वर्ग किमीभन्दा बढी नेपाली भू–भाग हडप्ने गरी भारतको भूमि भनी दाबी गर्ने कार्य भइरहेकाले नेपाल सरकारले तत्काल आफ्नो भूमि फिर्ता ल्याउने बिषयमा कूटनीतिक पहल नचालेको खण्डमा कडा संघर्षका कार्यक्रम थालनी गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्