Logo

पेस्तोल र गोलीसहित पक्राउ


Published On : 7 November, 2019

काठमाडौं, २१ कात्तिक । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्