Logo
Logo

‘कथा यस्तो पनि…’ २१ भाग पुगेको अवसरमा खुसीयाली



काठमाडौं १८ चैत्र । श्रीक्रान्ति भैरव मिडियाको प्रस्तुति रहेको वेभ सिरिज ‘कथा यस्तोपनि…’ २१ भाग पुगेको अवसरमा एक कार्यक्रमको आयोजना गरी युनिटका कलाकार, प्राविधिकबीच आपसमा खुशी साटासाट गरेका छन् ।

कार्यक्रममा सिरिजलाई अझ सशक्तरुपमा अगाडि बढाउने लेखक, निर्देशक रामभक्त श्रेष्ठले जानकारी गराए । समसामयिक बिषयवस्तुमा आधारित ‘कथा यस्तोपनि…’ लोकप्रिय बन्दै गएको निर्देशक श्रेष्ठको भनाइ छ ।

यस वेभ सिरिजमा शिभन श्रेष्ठ, रबि खड्का, रत्य श्रेष्ठ, दिपक खड्की, बिन्दिया शाही, नियुक्ती कान्जी शेर्पा, दीक्षा दाहाल, दिलकुमार श्रेष्ठ, समीर श्रेष्ठ, विष्णु श्रेष्ठ, हरिचन्द्र फुँयाल, देव महर्जन, रामप्रसाद कोइराला, बिके दोङ, बिरोज दोङ, सोनाम लामा, अशोक बमजन, सुनिता थापा, केदार खड्का, सपना शाही ठकुरी, अनिता लामा, प्रकाश खतिवडा, गोपाल मुक्तान र रामभक्त श्रेष्ठको अभिनय रहेको छ ।

यस्तै, श्रृंगार रबि केसी, छायाँकन अरुण मगर, अनिल खड्का र द्वन्द्व देव महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्