Logo
Logo

‘प्रतिभाशाली अभिनेत्री अवार्ड’ पाएपछि रानीले भनिन्, ‘वास्तवमै म भाग्यमानी’


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, २४ कार्तिक । एक ताका बलिउडमा अभिनेत्री रानी मुखर्जीको जगजगी थियो । त्योबेला उनी बलिउडमा ‘मोस्ट सक्सेसफुल हिरोइन’को टप लिस्टमा थिइन् ।
यिनै प्रभावशाली अभिनेत्रीले एकपटक फेरी आफूलाई ‘प्रतिभाशाली अभिनेत्री’को रुपमा उभ्याएकी छन् । पछिल्लो समय रानी बलिउडमा कममात्र देखिन्छिन् । लामो समयको अन्तरालपछि हालै उनी फिल्म ‘हिचकी’मा देखिएकी थिइन् । जुन फिल्मबाट रानीले ‘प्रभावशाली अभिनेत्री’को अवार्ड जितेर एकपटक फेरि चर्चामा आएकी छन् ।
साउथ–ईस्ट एशियामा आयोजित अवार्ड कार्यक्रममा रानीले ‘द मोस्ट इन्फ्लुएन्शियल सिनेमा पर्सनालिटी अवार्ड’ हात पारेकी हुन् । सिद्धार्थ मल्होत्रा निर्देशित फिल्म ‘हिचकी’मा रानीको दम्दार अभिनयका लागि उक्त अवार्ड पाएकी हुन् । फिल्म ‘हिचकी’ भारतलगायत अन्य देशमा समेत रुचाइएको थियो । उक्त फिल्मले करिब २५० करोड बक्स अफिस कलेक्शन गरेका थियो ।
प्रभावशाली अभिनेत्रीको अवार्ड पाएपछि रानीले भनिन्, ‘मोस्ट इन्फ्लुएन्शियल सिनेमा पर्सनालिटी अवार्ड मेरो लागि एकदमै ठूलो कुरा हो । वास्तवमै म भाग्यमानी हुँ, मलाई यस्तो फिल्म खेल्ने मौका मिल्छ, जसले मलाई प्रेरणा मिलिरहेको हुन्छ ।’
रानी अब चाँडै यशराज फिल्म्सको ‘मर्दानी–२’मा देखिँदैछिन् । यो फिल्म २०१४ मा रिलिज भएको ‘मर्दानी’को सिक्वेल हो । यो फिल्म आउँदो १३ डिसेमम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्