Logo
Logo

कामना सेवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनतामाझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव यही २०७६ कात्तिक २७ गते हुने भएको छ ।

आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वरस्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान गरी सहयोग गरेका थिए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ शाखा तथा ५० एटिएमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्