Logo
Logo

एनआईबिएल एस क्यापिटलको लालदरबार शाखा पुतलीसडक स्थानान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार काठमाडौंस्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलीसडक शाखा परिसरमा स्थानान्तरण गरी आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । लालदरवारस्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट हुने भएकाले सोही बमोजिम सम्बन्धित सवैमा जानकारी गराएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङअन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरुलगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।


आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्यनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने जनाएको छ । कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरुलगायत यस कम्पनीको पुतलीसडक, काठमाडौँ, लगनखेल, ललितपुर; चिप्लेढुंगा, पोखरा, विरगन्ज, विराटनगर र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराइरहेकामा यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोषअन्तर्गतका सेवाहरुसहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्