Logo
Logo

अञ्जु पन्तको स्वरमा ‘तिमीलाई कति माया गर्छु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कार्तिक । गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौँपटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तर, तिनै गीतकार सधैँ ओझेल परे भन्ने गुनासो सुनिने गरिन्छ । गीतकार प्रलाद शाह एक भाग्यमानी गीतकार हुन्, जो गीत लेखनमा छोटो समयमै परिचय स्थापित गर्न सफल भएका छन् ।
यिनै गीतकारले पछिल्लो ‘तिमीलाई कति माया गर्छु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ । गीतमा संगीत स्वयम् गायक शंकर थापाको रहेको छ भने संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्