Logo
Logo

अनुपमा नेतृत्वको मेगा बैंकलाई ‘बैंक अफ दी इयर’ अवार्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘बैंक अफ दी एयर २०१९’ अवार्ड महिलाले नेतृत्व गरेको मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । गत शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको हो । नेपालका सबै बैंकहरुको मुल्याङकन गरी मेगालाई अवार्ड दिइएको हो ।

९ वर्षअघि स्थापना भएको मेघा बैंक नयाँ बैंकमध्ये अगंणी बन्दै गएको छ । । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएको छ । सर्बसाधारणले यस बैंकमा करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।

यो वर्ष बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएको बैंकले जनाएको छ । अनुपमा बैंकको सिईओ भएपछि बैंकले झन् प्रगति गर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्