Logo
Logo

बन्दीपुरमा ग्लोबल आइएमई बैंकको १५०औं शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ४ को तनहूँ जिल्ला, बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा बिना धितो रु. १५ लाखसम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्