Logo
Logo

राष्ट्रपतिले बोल्दा कलाकार फुरुङ्ग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यो साता पर्साको विरगञ्ज पुगेर भनिन्, ‘चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।’ राष्ट्रपति भण्डारीले यसो भन्दा नेपाली चलचित्रकर्मी फुरुंग देखिए । ‘राज्यले चलचित्र क्षेत्रका लागि केही गरेन’ भनेर बारम्बार गुनासो गर्दै आएका चलचित्रकर्मीहरु पछिल्लो समय सरकारसँग निकै अपेक्षित बन्न थालेका छन् ।

केही महिनाअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कलाकार राष्ट्रका गहना मात्र नभएर जिम्मेवार बन्नुपर्छ’ भन्दै वर्तमान सरकारले कलाकर्मीका लागि केही गर्ने योजना बनाएका सुनाएका थिए । त्यसपछि उत्साहित बनेका चलचित्रकर्मीहरु राष्ट्रपतिको भनाइले थप उत्साहित भएका हुन् ।

नेपाली चलचित्र प्रदर्शन ५४औ“ वर्षमा प्रवेश गरेका अवसरमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कलाकारको भीडलाई सम्बोधन गर्दै भनिन, ‘तराईको उर्वरभूमि र पहाडका सुन्दर शृ“खलालाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्छ । जसका लागि सरकार सहयोग गर्न तयार छ ।’

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको नेपाली चलचित्रजगतलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिएकी छन् । ‘प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउँदै स्वच्छ, स्वस्थ, स्वतन्त्ररुपमा निर्माण गर्नुपर्ने बताइन् । उनले चलचित्रका निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथाजस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नया“–नया“ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताएका थिए । नेपाली चलचित्रको विकासका लागि वर्तमान सरकार नया“ कानुन निर्माणतर्फ अग्रसर रहेको जानकारी उनले दिए ।

मैथिली भाषाका कविकोकिल विद्यापतिलगायत अन्य विभूतिले भाषा तथा संस्कृतिको विकासमा दिएको योगदान बिर्सन नहुने उनको भनाइ छ । महोत्सवमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउ“दै निर्माताले चलचित्र बनाउ“दा समाजले मागेको कथावस्तु दिन सक्नुपर्ने बताए । महोत्सवमा सहभागी हुन राजधानीबाट दर्जनौ“ चर्चित कलाकार वीरगञ्ज पगेका थिए । नेपाली चलचित्रको इतिहासमै पहिलोपटक उपत्यकाबाहिर (प्रदेश–२)मा नेपाली चलचित्रको स्वर्णिम महोसव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्