Logo
Logo

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ


- दृष्टि न्युज/संवाददाता


लहान, २७ कात्तिक । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ–आफ्नो घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरेको उहाँले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्