Logo
Logo

गायक वीरेन्द्र जोहारीको ‘याद औनि तेरि सरु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ कात्तिक ।
कलाकार वीरेन्द्र जोहारीले सुदुर पश्चिम तथा कुमाउ गडवालको मौलिक भाकामा संग्रहित “याद औनि तेरि सरु” बोलको गीत भिडियोसहित आफनै युटयुब च्यानल मार्फत सार्बजनिक गरेका छन । खासगरि घर परिवार आफन्त श्रीमती तथा प्रेमिका देखि टाढा रहदाको पीडा,माया र दुखेसोमाथि गीतकार चन्द्रसिंह खातीले भाव उतारेका छन् ।


गीतकार लामो समय देखि बैदेशिक रोजगारिमा रहेकाले समेत शब्दमा गहिराई छ । गीत अनुसारको दृश्य तयार पार्न निर्देशक बीरेन्द्र भाट “बिपिन” ले कलाकार पारु श्रेस्ठ र बीरेन्द्र जोहारीलाई राम्रो अभिनय गराएका छन । गायक जोहारीले लामो समय देखि गीत संगीतमा आबद्ध रहि दर्जनौ गीत भिडियो सार्वजनिक गरिसकेका छन । जोहारीको मुई डोलि चडन्या बेला बोलको गीत श्रोता माझ लोकप्रिय छ ।
भर्खरै युटयुब मार्फत बजारमा प्रवेश गरेको नयाँ गीत तथा भिडियोमा कुमाउ तथा बैदेशिक रोजगारीमा रहेका श्रोता कै प्रतिक्रिया धेरै देख्न सकिन्छ । संस्कृति संरक्षणका लागि धेरै गीत गाउने जोहारी सुदुर पश्चिमको देउडा तथा कुमाउनी संस्कृतिमा आधारित गीत गाउन अब्बल देखिन्छन । दार्चुला स्थित अल्पसंख्यक जोहारी समुदायका जोहारी एक्ला गायक हुन् । डेउडा गीतमा मौलिकता हराउदै गएको गुनासो धेरै आइरहेको बेलामा जोहारीको यससम्बन्धि नयाँ गीत ल्याएका हुन् ।

भिडियो;

 

प्रतिक्रिया दिनुहोस्