Logo
Logo

उपमेयरको ‘कुन गीत गाऊँ ?’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कार्तिक । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिक सञ्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो ।
चर्चित कविसमेत रहेकी उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाको रहेको छ । गायिका सरु गौतमको सुमधुर स्वर सजिएको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयंमले गरेका छन् । प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायाँकन र माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्