Logo
Logo

लिपुलेकमाथीको भारतीय गिद्वेदृष्टि अन्त्य हुनुपर्नेमा जोड


- दृष्टि न्युज/संवाददाता


धनगढी । नेपालको भूमिमाथि भइरहेको भारतीय हस्तक्षेपलाई तत्काल अन्त्य गर्नुपर्ने र सीमा क्षेत्रका नेपाली जनताको रक्षाका लागि सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने माग धनगढीमा आयोजित विचार गोष्ठीका सहभागीहरुले जोड दिनुभएको छ ।

राष्ट्रिय युवासंघ नेपालले गरेको अन्तरक्रिया तथा बिचार गोष्ठीलाई सम्बोधन गर्ने अधिकांश बक्ताहरुले भारतीय हस्तक्षेप नेपाल र नेपालीका लागि स्वीकार्य नभएको समेत बताउनु भएको छ । सो गोष्ठीमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तिरक मामिला मन्त्री एवं सरकारका प्रबक्ता प्रकाश शाहले लिपुलेक नेपालको भएकाले प्रदेश सरकारले लिपुलेकको मुद्धाको समाधानका लागि केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

मन्त्री शाहले नेपालको कालापानी विवाद बर्षौंदेखि उठाइँदै आएको भए पनि हालसम्मका सरकारहरुले समस्याको समाधान गर्न नसकेका कारण बिषयहरु बल्झिदै जान थालेको बताउनुभयो । लिपुलेक नेपालको हो भन्ने बिषयमा कुनै विवादनै छैन । विवादलाई सृजना गर्ने कार्य भारतीय पक्षबाट भैरहेको प्रति सुदूरपश्चिम सरकारले केन्द्र सरकारसँग समन्वयका लागि पहल गरिरहेको र प्रदेश सरकारकै पहलमा लिपुलेक क्षेत्रसम्म पुग्नका लागि गोरेटोबाटो निर्माणका लागि पहल गर्ने समेत बताउनु भएको छ ।

नेपालको राष्ट्रियताको संरक्षणका लागि प्रदेश सरकारले केन्द्र सरकारसंग तत्काल कुटनीतिक वार्ताको लागि दवाव सृजना गरिने र दुई देशबिच कुटनीतिक वार्ताको माध्यमबाट नेपालको सिमानालाई समेत मिच्नेगरी काली पूर्वको जमिन भारतीय पक्षबाट आफ्नो नक्सामा पार्ने कार्य तत्काल सच्चाइनुपर्नेमा प्रदेश सरकारले केन््र सरकारसंग माग समेत गरेको बताउनु भएको छ ।

साने अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका नेता रणबहादुर रावलले काली पूर्वको भूमि नेपालको भएको दावी गर्नु भयो । उहाँले भन्नुभयो– नेपालको राष्ट्रियतामाथि भारतीय पषबाट भएको हस्तक्षेपको समेत हामी भण्डाफोर गर्दछौं । भारतीय सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समेत आफ्नो देशमा पार्ने कार्यलार्य तत्काल दुवै देशका सरकारहरु बसेर समाधान गरिनु पर्दछ ।

नेपालका विभिन्न जिल्लाहरुमा भैरहेका सीमा विवादलाई नेपाल सरकारल भारतीय पक्षसंग बसेर बिनाहिचकिचाहट आफ्नो भूमिको रक्षार्थ नेपाल सरकारले अन्तरराष्ट्रिय मन्चमा पुगाएर भएपनि नेपालको मिचिएको जमिन फिर्ता ल्याउनु पर्ने बताउनु् भयो ।

देशको अखण्डता,स्वतन्त्रताको रक्षार्थ पुर्खाहरुले खेलेको भूमिकालाई पुनः स्मरण गर्दे नेपालका सबै राजनीतिक दल, नागरिक समाज र आम युवा समुदायले राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नसक्नु पर्नेमा संसदीय दलका नेता डा.रण बहादुर रावलले बताउनु भयो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्व विदालयका पूर्व रजिष्टार डा. हेमराज पन्तले कालापानीलो लिपु लेकको विवादलाई नेपाल सरकारले भारतीय पक्षसंग तत्काल वैज्ञानि तरिकारले वार्ताको माध्यमबाट समस्या समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

सोही अन्तरक्रियामा बोल्दै नाष्टका प्राचार्य शिवहरी मुडभरीले नेपाल आमाको अस्मितामाथी भारतीय पक्षले गरेको दादागिरीलाई नेपाल सरकारले निरिहतापूर्वक हेरेर बस्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो– देशका विभिन्न जिल्लाहरुमा भारतीय पषबाट भएको सीमा अतिक्रमणको तत्काल वैज्ञानिक रुपले छानविन प्रकृया अगाडी बढाएर नेपाली भूमिको रक्षका लागि पहल थाल्न ढिलाइ गर्न नहुने बताउनु भयो ।

यस्तै कान्तिपुर दैनिका उपसम्पादक चित्रांग थापाले बहुमतको सरकार भएका बकेला नेपालको अस्मितामाथीनै आँच आउनेगरी भारतीय पक्षले लिपुलेकमा गरेको हस्तक्षेपको पछाडी ठुलै षडयन्त्र भएको हुन सक्ने बताउनु भयो । सरकारले बुद्धिमतापूर्वकब नेपालको मिचिएको भूमिको रक्षाका लागि दुई देशबिच वार्ताको माध्यममबाट समस्याको समाधान जोजिनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा बोल्दै नेपालीकाँग्रेस कैलालीका पूर्वसभापति गोविन्दराज जोशीले नेपाल आमाको छातिमाथी भारतीय पक्षले बुट बजार्ने कार्य भैरहेको प्रति नेपाल सरका।ले आफ्नो भूमिको रक्षका लागि सबै प्रकाारका प्रयासहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । सो अन्तरक्रियामा पत्रकार हिक्मत रावल, कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति चुडामणी भटट्, पत्रकार दिलबहादुर छत्याललगायतका व्यक्तिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य विनय शाहले गनुर्् भएको थियो । सो अवसरमा युवा,विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्