Logo
Logo

कर फिर्तासम्बन्धी फैसला उल्टाउन ट्रम्पको माग


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २९ कात्तिक (सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो । न्युयोर्कस्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उनले बताए ।
फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई कर सम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रुपमा लिइएको छ ।
यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो । ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बाहाल रहेका बेला उनीविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् ।

उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्