Logo
Logo

अरुण भ्याली हाइड्रोपावरले एक सय प्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एक सय प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।

बुधबार बसेको सञ्चालकहरुको बैठकले उक्त निर्णय गरेको हो । अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ८६ करोड रुपैयाँ छ । सोहि रकम बराबर हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

हकप्रदबाट आर्जन गरेको पुँजी कम्पनीले पिके हाइड्रोपावर प्रालिमा लगानी गर्दैछ । हकप्रद निष्कासन पछि आउने ५० प्रतिशत अर्थात् ९३ करोड ३९ लाख रुपैयाँ पिके हाइड्रोपावर प्रालिमा लगानी गर्ने जनाएको छ ।

बाँकी ५० प्रतिशत रकम सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ। बिद्युत नियमन आयोग र विशेष साधारण सभामा हकप्रदको प्रस्ताव लैजाने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्