Logo
Logo

महिन्द्राको एक्सयूभी-३०० नेपाली बजारमा, कति छ मूल्य ?



काठमाडौं । महिन्द्राले आफ्ना एक्सयूभी ३०० ब्रान्डलाई नयाँ भेरियन्टमा पुनः नेपाली बजारमा भित्र्याएको छ । यसको सुरुआती मूल्य ४२ लाख ९५ हजार रहेको छ ।

एक्सयूभी ३०० को टर्बाेस्र्पोट भेरियन्टका भित्रिएको यो गाडीमा १३० हर्सपावर र २३० एनएम टर्क रहेको छ । यो गाडीले विश्वव्यापी एनसीएपी टेस्टमा फाइभ स्टार सुरक्षा मूल्यांकन प्राप्त गरेको कम्पनीले जनाएको छ ।


यो गाडी पेट्रोल म्यानुएल इन्जिन र नौवटा फरक रंगमा उपलब्ध छ । कम्पनीले नयाँ ग्राहकहरूलाई यसको डब्लू फोर भेरियन्ट २०१९ कै मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

गाडीमा १.२ लिटरको टर्बो–पेट्रोल इन्जिनले ११० हर्सपावर र २०० एनएमको कर्ट उपलब्ध छ । यसको इन्जिन ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

दुईवटा एयरब्याग, एबीएस, सबै पाङ्ग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा मानक रहेको कम्पनीको भनाइ छ ।

चारवटा भेरियन्टमा उपलब्ध एक्सयूभी ३०० को डब्लू ४ भेरियन्टको मूल्य ४२ लाख ९५ हजार, डब्लू ६ भेरियन्टको मूल्य ४९ लाख ९५ हजार, डब्लू ८ को मूल्य ५७ लाख ५० हजार र डब्लू ८ ओ को मूल्य ६० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्