Logo
Logo

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३.०४ अर्ब



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढेको छ । सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ४ करोड रुपैयाँ भएको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.८६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित थियो ।

यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।

बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ६६.२२ प्रतिशतले बढेर २३ अर्ब ८९ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो बर्ष रिजर्भमा १४ अर्ब ३७ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.२० प्रतिशतमा सीमित थियो ।

समीक्षा अवधिसम्म बैंकको ईपीएस भने घटेर १५.२० रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १८.०४ रुपैयाँ थियो । पीई रेसियो १२.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६६.८८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्