Logo
Logo

इलामे शहर चियाबारी राम्रो…


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ मंसिर । एकताका निकै लोकप्रिय रहेको गंगाराज मुकारुङद्वारा रचित गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’को पुनः गायन गरी म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ ।
बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो । नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् ।
सुजन गुरुङले शृँगार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायांकन गरेका हुन् । भिडियोको जीवन मुकारुङले निर्देशन र सम्पादन गरेका छन् । उक्त भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000