Logo
Logo

राइड थ्रु सिन्धुलीगढीको जर्सी सार्बजनिक, १५० साइकल यात्री सहभागी हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ललितपुर काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने राइड थ्रु सिन्धुलीगढी–२०१९ साइकल यात्रामा सहभागी हुने यात्रीहरुको जर्सी सार्वजनिक भएको छ । समृद्ध सिन्धुली अभियानले आयोजना गर्ने साइकलयात्राको जर्सी विश्व साइकलयात्री पुष्कर शाह र संयुक्त राष्ट्रसंघका प्रतिनिधि इमेलिन क्लेय सुजन टाचरले मेडिसिटि हस्पिटलमा आयोजित कार्यक्रममा साार्बजनिक गरे ।

कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाहले ‘राइड थ्रु सिन्धुलीगढी’ साइकलयात्राले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे । उनले भने, यो साइकलयात्रा पशुपतिलाई सिन्धुलीगढीहुँदै जनकपुर जोड्ने धागो हो ।”सन् २०१६ देखि हुँदै आएको राइड थ्रु सिन्धुलीगढीको नेतृत्व पुस्कर शाहले गर्दै आएका छन् । यस बर्ष उक्त साइकल यात्राको चौथो संस्करण हो ।

विश्व साइकलयात्री शाले साइकल यात्राबाट अविस्मरणीय अनुभूति लिन सकिने बताउनए । साइकलमा घुम्दा प्रकृतिसँग स्पर्श गर्न सकिन्छ । साइकलको महत्व पछिल्लो समय युवा पुस्ताले विस्तारै बुझ्दै गएको छ, उनले भने । उनले सहरको प्रदुषणलाई नियन्त्रण गर्न साइकलभन्दा अर्को विकल्पै नभएको बताउनुभयो ।

राइड थ्रु सिन्धुलीगढीको आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई पुरातात्विक महत्वका स्थलहरु काठमाडौंको पशुपतिनाथ र दुई नम्बर प्रदेशको मिथिला क्षेत्रलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने साइकल यात्रा प्रति देशी विदेशी साइकल यात्रीको चासो ह्वात्तै बढेको बताए । यस बर्ष संयुक्त राष्ट्र संघीय संस्था युएन उमनले १० जना र व्रिटिस काउन्सिलले ५ जना महिला साइकल यात्रीको सम्पूर्ण खर्च प्रायोजन गरेका छन्, उनले भने, अन्तराष्ट्यि स्तरमा ख्याती कमाएका संस्थाले हाम्रो साइकल यात्रासँग सहकार्य गर्नु खुशीको कुरा हो । यसले राइड थ्रु सिन्धुलीगढीको महत्व बढाएको छ । अभियानका संयोजक लीलानाथ घिमिरेले हरेक बर्ष नोभेम्बरमा आयोजना हुने साइकल यात्रा राइड थ्रु सिन्धुलीगढी नाममा ब्राण्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यसमा सहभागी हुन ल्याउने योजना रहेको बताए ।

कार्यक्रममा राइड संयोजक दिपिका ज्ञवालीले साइकल यात्राको तयारीबारे जानकारी दिदै २५ जना महिला साइकलयात्रीसहित १५० जनाको सहभागिता हुने बताए । त्यस्तै, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश २ संयोजक मनिष झाले साइकल यात्रीलाई जनकपुरमा न्यायो स्वागतका लागि तयार रहेको चर्चा गर्दै पर्यटक भित्र्याउनुभन्दा पहिला पर्यटकीय स्थलको पहिचान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका प्रतिनिधि इमेलिन क्लेय सुजन टाचरले महिला हिंसा बिरुद्धको १६ दिने अभियानका बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा मेडिसिटी हस्पिटलका फिजियोथेरापीका चिकित्सक जयराम महर्जन, आकस्मिक उपचारका रमेश न्यौपानेले यात्रामा हुने दुर्घटना न्युनिकरणका उपाय, आकस्मिक रुपमा हुने समस्या समाधान कसरी गर्ने भनेर साइकल यात्रीलाई अनुशिक्षण दिएका थिए । साइकल अभियन्ता सुदिप पौडेलले साइकल यात्राको सुरक्षा, स्वास्थ्य सजगतालगायत विषयमा जानकारी दिएका थिए ।

त्यस्तै नेपाल भ्रमण वर्ष प्रदेश ३ का कार्यक्रम अधिकृत दामोदर पाण्डेले प्रदेश सरकारसमेत साइकलयात्रालाई सफल बनाउन लागि परेको बताउँदै पर्यटन प्रवर्धन गर्ने यस्ता कार्यक्रममा सबैको साथ सहयोगको अपेक्षा लिएको बताए ।

त्यस अबसरमा मेडिसिटी अस्पतालका नवीन बज्राचार्यले साइकलयात्रामा सहकार्य गर्न पाउँदा गौरव लागेको बताउँदै मेडिसिटीले स्वास्थ्य उपचारमा सीमित नरही स्वास्थ्य जाकरणका कार्यक्रममा समेत हातमालो गर्ने बताए । साइकल यात्रामा मेडिसिटी हस्पिटले राइड थ्रु सिन्धुलीगढीमा मोवाइल क्लिनिकसहित साथै रहेर साइकल यात्रीको स्वास्थ्यको ख्याल गर्ने छ । यसै अबसरमा मेडिसिटी हस्पिटलले साइकल यात्रामा जानेहरुको स्वास्थ्य जाँचसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्