Logo
Logo

खोटाङ कलाकार समाजले ‘खोटाङ प्रतिभा’ छान्दै



काठमाडौं । खोटाङ कलाकार समाजद्वारा आयोजित ‘पालिका प्रतिभा २०८० खोटाङ’ फाईनल राउण्ड सुरु भएको छ ।
स्थानीय स्तरमा रहेका प्रतिभालाई सर्वब्यापी गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रम बैशाख ५ र ६ गते बराह पोखरी गाउँपालिकामा सम्पन्न ‘पालिका प्रतिभा खोटाङ–२०८०’ गायनतर्फ प्रथम लक्ष्मण परियार, द्वित्तिय प्रबिण मगर र तृतिय मनोज राई भएका छन् ।

यस्तै, नृत्यतर्फ प्रथम सुबास बिक, द्वित्तिय सुना मगर र तृतिय निश्मा राई भएका छन् भने जन्तेढुङ्गा गाउँपालिकामा बैशाख ६ र ७ गते सम्पन्न गायनतर्फ प्रथम दुर्गा राई, द्वितिय अजय राई, तृतिय सञ्जय राई र नृत्यतर्फ प्रथम अरुणा राई, द्वितय रुपा बिष्ट, तृृतिय लाजिमा राई रहेका छन् ।

बैशाख ५ गतेबाट सुरु गरिएको ‘पालिका प्रतिभा खोटाङ २०८०’ बैशाख १७ गतेसम्म चल्ने कार्यक्रम खोटाङ जिल्लाको १० वटै पालिकामा क्रमशः आयोजना हुने समाजका अध्यक्ष रुपकुमार राईले जानकारी गराएका छन् ।

खोटाङ कलाकार संघको आयोजना, खोटाङ कलाकार संघ युकेको सहआयोजनामा भैरहेको पालिका प्रतिभा खोटाङ गायन र नृत्यका निर्णायक मण्डमा सत्यकला राई, पार्वती राई, अनिल राई, रोशन राई, मनिता राई, मेनुका राई रहेका छन् ।

१० वटै पालिकाबाट गायन र नृत्यमा प्रथम हुने एक–एकजालाई काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा प्रतिस्पर्धा गराई नृत्य र गायनमा ‘खोटाङ प्रतिभा घोषणा’ गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्