Logo
Logo

सिटिजन्स बैंकको कार्ड स्वाइप गर्दा अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा छुट



काठमाडौं । अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकले २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएको छ ।

यसका लागि सिटिजन्स बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्