Logo
Logo

मनोरञ्जन नेपालको वार्षिकोत्सवमा सम्मान र मायाको चिनो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ मंसिर । भिक्टोरिया अडियो भिडियो प्रालि तथा मनोरञ्जन नेपालले आफ्नो वार्षिकीको अवसरमा विभिन्न स्रष्टा तथा कलाकारलाई सम्मान एवं मायाको चिनो प्रदान गरेको छ ।
भिक्टोरिया अडियो भिडियो कम्पनीको १५औँ तथा यु–ट्युब च्यानल ‘मनोरञ्जन नेपाल’ पाँचौ वर्ष पुगेको अवसरमा राजधानीमा एक कार्यक्रमबीच कलाकारलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको हो ।
कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार शम्भु राई, संगीतकार शान्तिराम राई र गीतकार इन्दिरा चेम्जोङलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न दर्जनौँ कलाकार र सञ्चारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । भिक्टोरिया अडियो भिडियो र यु–ट्युब च्यानल मनोरञ्जन नेपालसँग जोडिएका कलाकारलाई मायाको चिनो प्रदान गरिएको मनोरञ्जन नेपालका सञचालक तथा गायक राजशुक्र लिम्बूले बताए । कार्यक्रममा ४० भन्दा बढी कलाकारलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
एक ताकाका चर्चित गायकसमेत रहेका राजशुक्रले १५ वर्षअघि भिक्टोरिया अडियो भिडियो क्यासेट कम्पनी सञ्चालनमा ल्याएका थिए । सो कम्पनीमार्फत राजशुक्रले नेपाली गीतसंगीतको प्रवद्र्धन तथा सम्वद्र्धनमा उल्लेख्य योगदान गरेका छन् ।
पछिल्लो समय अडियो क्यासेटको बिक्री वितरण ठप्प भएपछि उनले यु–ट्युब च्यानल मनोरञ्जन नेपाल सञ्चालनमा ल्याएका हुन् । उक्त च्यानलले विशेषगरी नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्दै आएको छ । उक्त च्यानलसँगै राजशुक्र गीतसंगीतमा पनि व्यस्त हुँदै आएका छन् । कार्यक्रममा डेढ सयभन्दा बढी कलाकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्