Logo
Logo

लोक संस्कृति जर्गेना अभियानमा कर्णालीका कलाकार



काठमाडौं । कर्णालीका एक हुल कलाकार यतिखेर काठमाडौंमा छन् । उनीहरुले काठमाडौंका विभिन्न स्थानमा कर्णालीका लोक संस्कृति प्रदर्शन गर्दै आएका छन् ।

कर्णालीको लोक संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं आएका ती कलाकारले बैशाख १ गते काठमाडौंको भृकुटीमण्डपमा प्रर्दशन गरेका थिए । कर्णालीको लोक संस्कृति जोगाउन अभियानका जुटेका कलाकारमध्ये आशिष नेपालीले भने, ‘यो हाम्रो अभियान बैशाख १५ गतेसम्म चल्ने छ ।’ उनले कर्णालीको लोक संस्कृित प्रर्दशनका क्रममा रिङरोड परिक्रमा गर्ने योजना रहेको समेत सुनाए ।

लोक संस्कृति तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालको आयोजना रहेको ‘कर्णालीको लोक संस्कृति संरक्षण तथा जर्गेना’ अभियानकोृ टोलीका ८० जना रहेका छन् । तीमध्ये १९ जना कलाकार रहेको छन् ।

उनले भने, ‘मञ्चको पदाधिकारी, सदस्य र कलाकारसहित हामी ८० जनाको टोली छौँ । हाम्रो मुख्य उद्देश्य भनेको कर्णालीको लोप हुन लागेको लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने हो । त्यसैले हामीले खुला कार्यक्र गर्दै आएका छौँ ।’

कर्णाली लोक संस्कृतिका लागि धनी मानिन्छ । देउडा, थाडी नाच, हुड्के नाच, दमाहा नाच, धामी नाच इत्यादी कर्णालीको मुख्य लोक संस्कृति हो । तर, यी लोक संस्कृति विस्तारै लोप हुँदै गएकाले संरक्षण र प्रवद्र्धनमा जुटेको मञ्चले जनाएको छ ।

कलाकार नेपालीले भने, ‘कर्णाली लोक संस्कृति धनी मानिन्छ, तर पछिल्लो समय युवापुस्ताले लोक संस्कृति विर्सदै गएका छन् । त्यसैले पनि कर्णालीको संस्कृति जोगाउने अभियानमा जुटेका हाँै ।’ उनले कर्णालीको मात्र नभएर लोक संस्कृति नेपालकै सम्पति र सभ्यता भएको बताउँदै भने, ‘आफ्नो संस्कृति जोगाउन सकेनौँ भने हाम्रो पहिचान पनि हराउने छ । त्यसैले नेपाली लोक संस्कृतिको जर्गेना र संरक्षण आवश्यक छ ।’

लोक संस्कृति संरक्षण अभियानमा आफूहरु लागे पनि आफूहरुसँग बाजागाजाको अभाव रहेको बताउँदै भने, ‘अहिले हामीले भाडामा काम चलाउँदै आएका छौँ । तर, कति भाडामा काम चलाउने, त्यसैले चन्दा उठाएर पञ्चेबाजा किन्ने अभियान पनि मञ्चले चलाएको छ ।’

कर्णालीको लोक संस्कृतिलाई संघीय राजधानी काठमाडौंमा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रममा हायरमा पनि जाने उनले बताए । ‘अहिले हामीले खुलारुपमा कार्यक्रम ग

र्दै आएका छौँ’ उनले भने, ‘कसैले विवाह, सेमिनारहरुमा बोलाएको खण्डमा हामी भाडामा पनि जान्छौँ ।’ लोक संस्कृति तथा पञ्चेबाजा संरक्षण मञ्च नेपालका अध्यक्ष हुन्, मानबहादुर खस परियार । अध्यक्ष परियारका अनुसार लोक संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले नै मञ्च स्थापना भएको हो ।
जारी अभियानमा संलग्न कलाकारले कर्णालीको लोक संस्कृति जस्तै, देउडा गाउने, दमाहा नाच्ने, बजाउने र कर्णालीको झाक्री देखाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्