Logo
Logo

जीवनशैलीमा यस्ता देखिए मोडलहरु (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


  • तस्बिर : हरिगोपाल प्रधान

काठमाडौं, ३ मंसिर । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित होटल स्विस इन्टरनेशलको सभा हल गएको शुक्रबार फेसनमय बन्यो । चिसिँदै गएको मौसमलाई चुनौती दिँदै डेढ दर्जन मोडल स्टेजमा विरालो चालमा निस्किँदा एकाएक माहोल तातिएको थियो । फ्युजन म्युजिकको तालमा युवतीहरू आकर्षक पहिरनमा सजिएका थिए ।

‘जीवनशैली’ थिममा आयोजना गरिएको फेसन शोको मुख्य उद्देश्य नै ‘नेपाली उद्योगबाट उत्पादित पहिरनलाई प्रमोशन गर्ने’ थियो । दृश्य गज्जब देखिन्थ्यो । काठमाडौं र पोखराका १६ जना मोडलहरु कपडा उत्पादक कम्पनी सभा नेपाल, ग्रिफ्ट, दी सेरी वल्र्ड, चर्खा पस्मिना, एकादेशमाजस्ता कपडा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेका अल्लो, सिल्क, पस्मिना, कटनजस्ता कपडाबाट तयार पारिएका पहिरनमा आर्कषक देखिएका थिए ।

‘वाउ, साँच्चीकै राम्रो पहिरन’ दर्शकदीर्घाले यस्तै प्रतिक्रिया पाएको थियो । आरएनआर गु्रपले आयोजना गरेको उक्त फेसन शोका लागि कोरियाग्राफी रोजिन शाक्यले गरेका थिए । आरएनआरले यसअघि पनि पोखरामा फेसन शो गरिसकेको थियो । त्यसैले पोखरामा आरएनआर गु्रप परिचित छ । यसपटक आफ्नो थप परिचय स्थापित गरेको छ ।

विभिन्न समयमा फेसन शो र इभेन्टहरु गर्दै आएको आरएनआर ग्रुपले नेपाली उत्पादनबाट तयार पारिएका पहिरनलाई प्राथमिकता दिँदै आएको छ । यसअघि पनि ढाका कपडाबाट तयार भएका पहिरनको शो गरिसकेको छ । त्यस्तै, यसपटक पनि नेपाली उत्पादनका कपडा तथा त्यसबाट तयार पारिएको पहिरनको प्रवद्र्धन गर्ने उद्देश्यले फेसन शो आयोजना गरेको आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्