Logo
Logo

‘साईकल सरर’मा राहुल र बिनाको जम्यो केमेष्ट्रि (भिडियो)



काठमाडौं । राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत ‘साईकल सरर’ सार्वजनिक भएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको उक्त गीतमा देखिएका हुन् ।

बुधबार काठमाडौंमा एक समारोहबीच उक्त भिडियोलाई सार्वजनिक गरिएको हो । यस भिडियोमा रक्षा बानियाँ केसीको निर्माण, आकाश केसी तथा कार्यकारी निर्माता राजु केसी रहेका छन् । यस गीतको भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

‘साईकल सरर’को भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायाँकन, नविन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ । सौराहालगायत विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको यस भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी सुहाएको छ । उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्