Logo
Logo

पोल्याण्डमा एकल साँझमा प्रस्तुत हुँदै राजेशपायल राई



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईको पोल्याण्डमा एकल साँगीतिक कार्यक्रम हुने भएको छ । एनआरएनए पोल्याण्डको आयोजनामा आइतबार अर्थात ३० अप्रिलमा ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’ हुने भएको हो ।

एनआरएनए पोल्याण्डले त्यहाँ रहेका नेपालीमाझ नयाँ वर्षको शुभकामना आदानप्रदानसहित राजेशपायलाई प्रस्तुत गर्ने भएको हो । कार्यक्रममा पोल्याण्डका रहेका केही नेपाली कलाकारको पनि प्रस्तुति रहने बताइएको छ ।

एनआरएनए आइसीसी सदस्य गोपाल राईका अनुसार कार्यक्रम पोल्याण्डको राजधानी वार्सास्थित क्लब निइबोमा राति ८ बजेबाट सुरु हुनेछ । कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

कन्सर्टमा सहभागिताका लागि पोल्याण्ड ६० जलौटीमा अनलाइन र अफलाइन टिकट खरिद गर्ने व्यवस्था मिलाइएको छ ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल केही समयदेखि एकल सांगीतिक कार्यक्रमका क्रममा युरोपमा रहेका छन् । उनले स्पेन, पोर्चुगल, माल्टा लगायतका बिभिन्न देशमा प्रस्तुति पछि पोल्याण्डको राजधानी वार्सा तताउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्