Logo
Logo

‘यो हावामा…’ यशराज र ऋचाको रोमान्स


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ मंसिर । प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’मा समाबेश यो हावा किन चल्छ बोलको गीत सार्वजनीक गरिएको छ । १३ मंसिरमा प्रदर्शन हुने यस फिल्मको रोमान्टिक गीतमा यशराज र ऋचा थापा फिचर छन् ।
भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको सो गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुन्द्री तटमा खिचिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ ।
१५ कार्तिकबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने बिश्वास निर्माता यवनले ब्यक्त गरे ।
कार्यक्रममा अभिनेता यशराजले आफू यो फिल्मबाट आशावादी रहेको बताए । कार्यक्रममा उनले सुटिङका क्रममा बिबिध रमाइला पलहरु सुनाएका थिए । अभिनेत्री ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको बताइन् ।
फिल्मका बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’ प्रेम मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए । उनले आफूहरुले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागि परेको सुनाए । शिब ढकालले खिचेको फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=Kog0YNvtg-8&feature=emb_title

प्रतिक्रिया दिनुहोस्