Logo
Logo

पुजाको ‘रहर’भित्रको ‘हुन्छ भनन…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ मंसिर । गायिका पुजा सुनुवारको गीति एल्बम ‘रहर’ सार्वजनिक भएको छ । गायिका पुजाको उक्त दोस्रो एकल एल्बमको शुक्रबार राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको हो । एल्बमको बरिष्ठ संगीतकार लक्ष्मण शेषलगायतका सार्वजनिक गरेका थिए ।
कार्यक्रममा एल्बमको ‘हुन्छ भनन…’ बोल गीतको भिडियो प्रिमियर गरिएको थियो । पुजा र डेभिड शंकरको स्वर रहेको उक्त सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
अनुप चापागाइँले निर्देशन गरेको ‘हुन्छ भनन…’ गीतको भिडियोमा चर्चित लोकगायक प्रकाश सपुत र अभिनेत्री वर्षा राउत फिर्चड छन् । लोकलयमा तयार पारिएको गीतमा आफ्नो मन परेको मान्छे प्रदेशी हुनुको पीडाभाव दर्साइएको छ ।
गायिका पुजाले आफ्नो वर्षौदेखि निरन्तर गरेको मिहिनेतलाई दर्शक तथा श्रोतालाई सुम्पिएको बताएकी छन् । गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका पुजाले आफ्नो फेसबुक एकाउन्टमा लेखेकी छन्, ‘मेरो सांगीतिक करिअरमा दोस्रो सोलो एल्बम ‘रहर’को लोकार्पण तथा एल्बममा समाहित गीत ‘ हुन्छ भनन’को भिडियो रिलिज भएको छ । वषौँदेखिको निरन्तर मेहिनेतको परिणाम यहाँहरुसमक्ष सुम्पिएकी छु ।’ उनले आफ्नो निरन्तरताका लागि माया, साथ र सपोर्टको समेत अपेक्षा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्