Logo
Logo

छुट्टाछुट्टै र्दुटघनामा दुई जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन, ८ मंसिर । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बिहान ५ः५४ बजे भएको हो ।

त्यसैगरी बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीयबासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते हुनुभएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्