Logo
Logo

निर्मला र सीडी विजयको ‘बोली साह्रै मिठो’ (भिडियोसहित)



काठमाडौं । गायिका निर्मला थापा मगर पञ्चेबाजा गीत लिएर आएकी छन् । ‘बोली साह्रै मिठो’ बोलको पञ्चेबाजा गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । गीतमा निर्मलासँगै सीडी विजय अधिकारीको स्वर रहेको छ । सुरेश राना मगरको शब्दरचना रहेको यस गीतमा संगीत गायिका निर्मलकै रहेको छ । संगीत संयोजन भने विश्वास नेपालले गरेका हुन् ।

गायिका निर्मलाकै अफिसियल युट्युब च्यानल ‘निर्मला थापा मगर’बाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा रायन बस्याल र सिर्जना मगरले अभिनय गरेका छन् । दुर्गा पौडेलको निर्देशन र छायाँकन रहेको यस भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । गायिका निर्मलाको यो पछिल्लो गीतलाई दर्शकले निक्कै रुचाएका छन् । विशेषगरी गायिका निर्मला लोकगायनमा चर्चित छिन् ।

प्रतिक्रिया दिनुहोस्