Logo
Logo

अध्यक्षको भनाई पार्टी निर्णयविपरीत छ : राजेन्द्र राई


40.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले पार्टी ‘कोशी प्रदेश’ नामको विरोधमै रहेको दावी गरेका छन् । उनले एकीकृत समाजवादी सुरुबाटै बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताउँदै आएको भन्दै अडान नछाडेको बताए ।

पार्टी अध्यक्ष माधव नेपालले आइतबार विराटनगरमा पत्रकारहरुसँग ‘कोशी’ नाम कुनै धर्म र संस्कृतिसँग नजोडिएको र प्रकृति सम्पदा भएकाले सबैका लागि उपुयक्त भएको बताएका थिए । अध्यक्ष नेपालले पत्रकारहरुसँग भनेका छन्, ‘प्रदेश १ को नाम ‘कोशी’मा सहमतिमा नै भएको रहेछ । तर, हाम्रा साथीहरु आफ्नै ढंगले चले । कोशी नामाकरणमा हाम्रो आपत्ति छैन । सहमति नै भइसकेपछि हामीले पनि मानेर जानुपर्छ ।’

एकीकृत समाजवादीले यसअघि प्रदेशसभामा प्रदेश १ को नाम पहिचानको आधारमा ‘किरात, लिम्बूवान, सगरमाथा’ प्रस्ताव दर्ता गरेको थियो । एकीकृत समाजवादी नेता राईले दर्ता गरेको प्रस्तावलाई जसपाले पनि समर्थन गरेको थियो ।
तर, अहिले आएर पार्टी अध्यक्ष नेपालले ‘कोशी’ नाम उपुयक्त भएको बताएपछि एकीकृत समाजवादी पनि पहिचानको विपक्षमा उभिएको देखिएको छ । तर, प्रदेश १ का पूर्वमूख्यमन्त्रीसमेत रहेका नेता राईले पार्टीले पहिचानको अडान नछाडेको स्पष्ट पारे ।

‘अध्यक्षज्यूको कुरा बेठीक छ । उहाँको भनाई पार्टीको निर्णयविपरित छ । पार्टीमा महाधिवेशनभन्दा ठूलो हुँदैन । हाम्रो ८औँ महाधिवेशन र ९औँ महाधिवेशनले बहुपहिचान राख्ने भन्ने निर्णय गरेको छ’ उनले दृष्टिन्युजसँग भने, ‘९औँ महाधिवेशनदेखि यता हाम्रो पार्टीको महाधिवेशन नै भएको छैन । पहिचानविनाको नाम राख्ने कुरा आजसम्म हाम्रो पार्टीभित्र कुनै निर्णय भएको छैन ।’
नेता राईले अहिलेसम्म पार्टीको आधिकारिक निर्णय बहुपचिानकै भएको बताउँदै भने, ‘प्रदेश १ को ना कोशी राख्ने, पहिचानविनाको नाम राख्ने भन्ने यो पार्टी जन्मिएदेखि आजसम्म कुनै निर्णय भएको छैन ।’

‘कोशी’ नाम विरुद्धको हरेक कार्यक्रमा पार्टीका तर्फबाट आफूहरुले सहभागिता जनाउँदै आएको बताउँदै उनले भने, ‘अब हुने कार्यक्रमहरुमा पनि हाम्रो सहभागिता हुनेछ ।’ पार्टीले योभन्दा अगाडिका हरेक चुनावमा बहुपहिचानको आधारमा नाम राख्ने भनेर भोट जनतासँग मागेको बताउँदै भने, ‘हामी बहुपहिचानलाई छाड्दैनौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्