Logo
Logo

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी-अप डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिएको एससीटीले जनाएको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने एससीटीले उल्लेख गरेको छ । युनियन पे इन्टरनेसनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस र इ–कमर्सजस्ता सेवा सजिलै लिन सकिने एससीटीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्