Logo
Logo

बीच बाटोबाटै भैरहवा फर्किएको श्रीको जहाज उडानमा रोक



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बीच बाटोबाटै भैरहवा फर्किएको श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ ।

सोमबार बिहान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको ९ एन–एएनइ जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि करिब २० मिनेटमै पुनः भैरहवा नै फर्किएको थियो ।

यो जहाज शनिबार धनगढी विमानस्थलमा ल्यान्डिङ गियरमै समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्