Logo
Logo

युनियन, गुराँस र प्राइम लाइफ मर्जर भएर हिमालयनको नामबाट कारोबार सुरु



काठमाडौं । युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

ठूलो संस्था बन्ने भन्दै तीन कम्पनी गत माघ १ गते बराबरी हैसियतमा मर्जर भएका थिए । मर्जरपछि हिमालयन इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघेको छ । मंगलबार प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबारको उद्‍घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्