Logo
Logo

हिमालयन बैंक र प्रहरी अस्पतालबीच सम्झौता



काठमाडौं । हिमालयन बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंक र प्रहरी अस्पतालबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतासँगै महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा बिहिबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याइएको छ ।बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ ।

सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्ने बैंकले विशवास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्