Logo
Logo

ललितपुरको खुमलटारमा नेपाल बैंकको नयाँ शाखा



ललितपुर । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ।

बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए । ललितपुर महानगरपालिकाबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने उनले प्रतिबद्धता जनाए ।

ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए ।

देशभरका २२८ शाखा, २०३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत नेपाल बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्