Logo
Logo

प्रभु लाइफद्वारा बीमा दाबी गरेको दुई दिनमै भुक्तानी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राणघातक रोग विरुद्वको १० लाख रुपैयाँ बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ ।

कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्षअगाडि ३० लाख रुपैयाँ बीमांकको बीमा गरेकी बीमित रन्जु गौचनलाई केही समयअघि क्यान्सर रोग पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा उनको बीमत गौचनले प्राण घातक रोगविरुद्घको १० लाख रुपैयाँ बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

बीमकले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको दुई दिनमै उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमबीच बागमती प्रदेश ए प्रमुख पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन, जीवन भट्टचन लागायतको उपस्थितिमा उक्त दाबी रकम बीमित रन्जु गौचनको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बीमित रन्जु गौचनले प्रभु लाइफ इन्स्योरेन्स लि.ले बीमितलाई सहज र सरल तरिकाले दुई दिनमै दाबी भुक्तानी दिएकोमा आफ्नो क्यान्सर रोगको उपचारका लागि १० लाख रकमले धेरै सहयोग गरेको बताइन् । उनले मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नका लागि पनि बीमा गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

यस्तै, कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश प्रमुख पदम रानाले बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्