Logo
Logo

नयां स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले तत्काललाई स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने विषयमा थप अध्ययन आवश्यक रहेको भन्दै प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयबाट लिखित निर्देशन आएको मन्त्रालय स्रोतले जानकारी दियो । उक्त पत्र अर्थ मन्त्रालयले आज (शुक्रबार) धितोपत्र बोर्डलाई पठाउने तयारी गरेको छ ।

नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा समेत प्रश्न उठेको थियो । लगानीकर्ताहरुले नयां स्टक आवश्यक रहेको भन्दै सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए । तर, लगानीकर्ताको भावनाविपरित सरकारले स्टकको प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्